वृज सिमेन्टको प्रायोजनमा सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

सोमबार, माघ २३, २०७९

काठमाडौँ –वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।

‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा २० माघबाट ३ दिने प्रदर्शनी सुरु भएको थियो । प्रतियोगितामा फोटोग्राफी, क्विज, टे«जर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो ।

प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठलेवृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । सिभिल इन्जिनियर विद्यार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्ष देखी वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा– लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट ( पि.पि.सि.), ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट ( पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्