विश्व क्यान्सर दिवस

वर्षमै ७० हजार क्यान्सर रोगका बिरामी भेटिन्छन : डा.अम्बुज कर्ण [अन्तर्वार्ता]

खानपान र जीवनशैली नै क्यान्सरको प्रमुख कारण
शनिबार, माघ २१, २०७९

आज विश्व क्यान्सर दिवस । आजको दिन संसारभर क्यान्सरविरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर मनाइन्छ ।

क्यान्सरकै कारण हरेक वर्ष लाखौँ मानिसहरूको मृत्यु हुने गर्दछ । नेपालमा पनि पछिल्लो समयमा क्यान्सरका विरामीको संख्या बढिरहेको तथ्यांक सार्वजनिक हुने गरेको छ । 

पछिल्लो समय भर्खरै युवा अवस्थमा प्रवेशका व्यक्ति समेत क्यान्सर संक्रमित हुन थालेका छन् । डाक्टरहरुकाअनुसार, धेरैजसो महिलामा स्तन, फोक्सो, पाठेघरको मुखको क्यान्सर, पित्ताशय र डिम्बाशयको क्यान्सर प्रमुखरुपमा देखिएको छ । 

त्यस्तै, पुरुषहरुमा पनि फोक्सो लगायतका क्यान्सरहरु देखापर्ने गरेको विज्ञहरुको भनाई छ । 

क्यान्सर रोगको संक्रमण, बच्ने उपाय र रोगको उपचारको विषयमा सिएन नेपाल डटकमले वीर अस्पतालमा क्यान्सर रोगको विशेषज्ञ डाक्टरकोरुपमा कार्यरत डा. अम्बुज कर्णसँग कुराकानी गरिएको कुराकानीको सम्पादित अंश:  

नेपालमा क्यान्सर संक्रमणको अवस्था कस्तो छ ?

क्यान्सर नेपालको नर्सने रोगहरुक मध्येको प्रमुख रोगमा पर्दछ । मुटुको रोगपछि दोस्रो ठुलो रोगको रुपमा क्यान्सर देखिएको छ । नेपालमा हरेक बर्ष करिब ६० देखी ७० हजार क्यान्सरका विरामीहरु हुने गरेको तथ्यांक छ । 

क्यान्सर रोग लाग्नुको प्रमुख कारणहरु के–के हुन् ?

क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । क्यान्सरबाट पीडित बिरामी सजिलै ठीक हुँदैनन् । किनकी यो रोगको लक्षण ढिलो पत्ता लाग्छ । क्यान्सरलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । एउटा मोडिफाइवर डिस्अर्डर र नन मोडिफइवर डिस्अर्डर ।

मोडिफाइवर डिस्अर्डर अन्र्तगतका जोखिमहरुलाई परिर्वतन गर्न सकिन्छ भने ननमोडिफइवर डिस्अर्डर अन्र्तगतका जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौ । मोडिफइवर डिस्अर्डर अन्र्तगत उमेर बढ्दै जाँदा हुने क्यान्सर, वंशाणुगत क्यान्सर आदि हुन । त्यस्तै, मदिरा सेवन, मोटोपन, खानेकुराहरुमा ध्यान नदिने गर्दा पनि क्यान्सर हुने गर्दछ । 

महिला र पुरुषमा देखिने क्यान्सरहरु फरक हुन्छन् ?

महिला र पुरुषमा भन्दा पनि यो अङ्गमा लाग्ने रोग हो । केहि यस्ता अङगहरु छन् जसमा महिला र पुरुष दुवैमा हुन्छ । जस्तो फोक्सोको क्यान्सर, घाटीको क्यान्सर, आन्द्रको क्यान्सर आदि । तर, केहि यस्ता क्यान्सरहरु छन् जुन महिलामा मात्र हुने गर्दछ । जस्तै, डिम्बाशायको क्यान्सर र स्तनको क्यान्सर । 

पछिल्लो समय कुन उमेर समुहका मानिसमा बढि क्यान्सर रोग देखिने गर्दछ ?

४० बर्षभन्दा कम उमेर समुहलाई सानो उमेरमा नै क्यान्सर भएको समुहमा राख्ने गर्दछ । सामान्यतया कम उमेर अथवा ४० बर्षभन्दा मुनिका महिलाहरुलाई स्तन क्यान्सर हुँदैन अथाव कम हुन्छ भन्ने बुझाई थियो । 

विभिन्न समयमा गरिएका अध्ययनअनुसार ४० बर्षभन्दा कम उमेरका महिलाहरुमा करिब ७ प्रतिशत मात्र स्तन क्यान्सर हुने गर्दछ । तर, नेपालमा विभिन्न क्यान्सर अस्पतालहरुमा आउने बिरामीहरुको उमेर समुह हेर्दा ४० बर्ष भन्दा कम रहेको पाइएको छ । 

बालबालिकामा चाहिँ क्यान्सर देखा पर्छ कि पर्दैन ? 

बालबालिकाहरुमा विशेषगरी रगतमा, मासुमा हुने क्यान्सरहरु बढि मात्रामा देखिने गर्छ । बच्चाहरुमा हुने क्यान्सरहरु उपचार गरेमा सन्चो हुने क्यान्सर मानिन्छ । 

क्यान्सरका बिरामीहरुले खानपानमा ध्यान दिन जरुरी छ कि छैन ? के कारणले क्यान्सर हुन्छ ?

क्यान्सर लागेका मानिसहरुले होस वा नलागेका मानिसहरु जसले पनि खानेकुरामा विशेष ध्यान दिनु पर्छ । खानेकुरा र स्वास्थ्यामा विशेष ध्यान नदिनाले गर्दा सानै उमेरमा क्यान्सर लाग्ने गरेको छ । तारेका खानेकुरा, चुरोट, मदिरा, चिल्लो तथा वोसोयुक्त खानेकुरा खानु हँुदैन । 

अत्याधिक मात्रामा नुनको सेवन, पचाउन समय लाग्ने खानेकुराको सेवन, ज्यादा समय एकै ठाउँमा बसेमा, मोटोपना आदिका कारण पनि क्यान्सर रोग लाग्न सक्छ । महिलामा हुने क्यान्सरका महिलामा क्यान्सरको हुनुको कारण पनि धुम्रपान गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोगले स्तन क्यान्सर हुने सम्भावना बढदै जान्छ ।

क्यान्सरको उपचार निकै खर्चिलो मानिन्छ, किन ?

यो एकदमै महत्वपूर्ण विषय हो । यसका लागी सम्बन्धित सबैले योजना बनाएर काम गनु पर्छ । खोपहरु धरै महंगो छ भने सरकाले कसरी सस्तोमा बिरामीलाई उपलब्ध गराउने भन्ने योजनामा काम गर्नुपर्छ । 

क्यान्सरका लक्षण के के हुन ? 

क्यान्सरको ठ्याक्कै यहि लक्षणहरु छन भनेर भन्न सकिन्न यो त्यसकारण स्वास्थ्यामा समस्या आएमा डाक्टरलाई देखाउनु पर्दछ ।

क्यान्सर लाग्नै नदिन के गर्ने र लागी हालेमा यसको उपचार कसरी गर्न सकिन्छ ?

शरीरमा कुनै पनि प्रकारको परिवर्तन देखा परेमा, स्तनमा कुनै पनि प्रकारको गाँठोहरु देखिएमा, जथाभावी रगत अथाव पिपहरु देखिएमा स्तन क्यान्सर वा शरीरको अन्य अंगमा क्यान्सर हुनसक्छ । क्यान्सर हुनै नदिन त हालसम्म सम्भव छैन् । त्यसकारण, परिवारमा कसैलाई पनि क्यान्सर भएको छ भने समय समयमा जाँच गरिरहनुपर्छ । खानपिन र शारीरिक व्ययममा पनि उत्तिकै ध्यान दिनुपर्छ । 

हाल नेपालमा थुप्रै क्यान्सरका अस्पतालहरु सञ्चालन भैसकेको र सरकारले सरकारी अस्पतालहरुमा हरेक प्रकारका क्यान्सर सम्बन्धि निःशुल्क उपचार गरिदिने भएकाले क्यान्सरको शंका लागेमा वा अन्य लक्षण देखिएमा तत्काल अस्पताल जानुपर्छ । 

क्यान्सर लागेपछि यसको उचार सम्भव छ ?

प्रविधिको विकास भएसँगै पछिल्लो समय क्यान्सरको उपचार पद्धतिमा पनि परिर्वतन भएको हुनाले समयमा नै पत्ता लागेको अवस्थमा कुनै पनि प्रकारको क्यान्सरको उपचार सम्भव छ । समयमै रोग पत्ता लागेको अवस्थामा नेपालमै पनि क्यान्सरको उपचार सम्भव छ । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्