फोन पेमार्फत अब बिना इन्टरनेट भुक्तानी गर्न सकिने

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो । 

फोन पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना नै भुक्तानी गर्न सक्ने छन् । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने फोन पेले जनाएको छ ।

‘फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पु¥याउन ग्राहक, बैंक तथा वित्तिय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नेमा विश्वस्त छौं’, फोन पेका सिइओ दिवश सापकोटाले भने ।

फोन पेले सार्वजनिक गरेका नविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायीहरूका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिइएको छ । 

फोन पेले विगत ३ बर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरू जोडिएका छन् भने ११ लाख भन्दाबढी व्यावसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरू आबद्ध छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार