राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्‍बीच सम्झौता

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच काठमाडौँमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि परिषद्ले सातै प्रदेशका ७ वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी ७ दिने तालिम दिई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ छन् । 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्