नबिल बैंकका ग्राहकलाई इएमआई सुविधा

बुधबार, माघ १८, २०७९

काठमाडौँ –नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान  खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपालका प्रमुख अमितकुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा शुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउन पेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सकिने छ । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउन पेमेन्ट गरेमा ब्याज नलागे पनि न्युनतम सेवा शुल्क भने लाग्ने छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ ।  

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्