नेभिगेशन
समाचार

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकार ढकाल

काठमाडौँ –बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत रहेका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकालले अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका छन् । यस्तै, अर्थ तथा राजनीति क्षेत्रका जानकार मानिने ढकाल अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए ।

उनले हालै ‘समाजवाद र नेपाल’ नामक पुस्तक सार्वजनिक गरेका थिए । हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार