सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

सोमबार, माघ १६, २०७९

काठमाडौँ–सिटिजन लाइफइन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र त्यससँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने पनि पारित गरेको छ  । यस्तै  कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जवराको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति पनि अनुमोदन गरेको छ ।


 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्