माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्लाङ्केट वितरण

सोमबार, माघ १६, २०७९

काठमाडौँ –माछापुच्छ्रे बैंक लिले उदयपुरको सिद्धवती माध्यमिक विद्यालय खाँबुमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा स्वेटर हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो स्वेटर हस्तान्तरण गरेको हो ।

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै २६५ थान स्वेटर वितरण गरेको बैंकले जनाएको छ ।

यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकामा अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्