नेभिगेशन
समाचार

क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको छः अध्यक्ष अन्सारी

काठमाडौँ– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताएका छन् । शुक्रवार मुस्लिम समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरुलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्ने आग्रह गरेका हुन् । अध्यक्ष अन्सारीले कोही व्यक्तिको क्षणिक लाभ र लोभमा परेर अहिलेसम्म मुस्लिम समुदायले पाएका उपलब्धिहरु गुम्न नदिन सचेत गराए ।

उनले मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको गुनासो पनि गरे । उनले मुस्लिम आयोगमा काम गर्ने कर्मचारी एकजना पनि मुस्लिम नहुनु दुःखद् रहेको बताए । उनले मुस्लिम आयोगलाई बजेट र भत्त सिध्याउने आयोगमा रुपमा आरोप लगाइरहेको भन्दै आयोगको उद्देश्य नीति नियम लागू गर्ने रहेको र त्यसमा आयोग दत्तचित्त भएर लागिपरेको बताए ।

अध्यक्ष अन्सारीले मुस्लिम समुदायको प्रतिनिधत्व गर्ने सांसदहरुले संसदमा जोडपूर्वक मुस्लिमह समुदायका मागहरु उठाउनसक्नुपर्ने बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार