विप्रेषण विनियमावली जारी

शुक्रबार, माघ १३, २०७९

 

काठमाडौँ –नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली जारी गरेको छ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ शुक्रबार जारी गरेको हो । 

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गरेको हो । जारी विनियमावलीअनुसार न्यूनतम चुक्ता पुँजीमा दुईथरि व्यवस्था गरिएको छ ।  

रेमिट्यान्स कम्पनीले भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालन गर्न पाउने भएका हुन् । 

विनियमावलीमा भनिएको छ, ‘रेमिट्यान्स कम्पनीहरुले सहायक कम्पनीमार्फत भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालकसम्बन्धी कार्य गर्न सक्नेछन् ।’

रेमिट्यान्स कार्ड जारी गरी विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्