नेभिगेशन
अर्थ विविध

सुनको मूल्य घट्यो, घटेन चाँदी

काठमाडाैँ- नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ५ हजार ८०० तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन १ लाख ६ हजार ४०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रह्याे । चाँदीकाे मूल्य १ हजार ३८० कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध