बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६ हजार ९०० रुपैयाँ

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैया तोकिएको छ ।

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार २०० कायम भएकामा आज प्रतितोला ७०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ७०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ । 
    
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्