जिडब्लुएम नेपालको ‘बाई ग्रेट, सेभ बिग’ अफर सार्वजनिक

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– ग्रेट वालमोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले नेपाली बजारमा ‘बाई ग्रेट, सेभ बिग’अफर ल्याएको छ ।

यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने कम्पनीले जनाएको छ । यो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै प्रकारका गाडीमा मान्य हुनेछ ।

कम्पनीले ग्राहकहरूप्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’अफर सार्वजनिक गरेको हो । उक्त अफरबाट ग्राहकहरूलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, १ वर्षको व्यापक बिमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिजलगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन् ।

जिडब्लुएमको बारेमा ग्रेट वाल मोटर (जिडब्लुएम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो, जसको विश्व बजारमा ८० सब्सिडियरी र अफिलिएट छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजार धेरै छ ।

विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरू बिक्री गरिरहेको छ । चीनबाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ । 

जिडब्लुएम नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावर र विंगल ५ जस्ता ग्लोबल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरू उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने बाचा कम्पनीले गरेको छ ।
 
भिजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरूमा अत्याधिक सफलताको आनन्द लिएपछि भिजी इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ ।

जिडब्लुएम नेपालले आफ्ना बिक्री र बिक्रीपछिको स्तरीय सेवालाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरू थप्दै सेवा सुविधाहरूमा वृद्धि ल्याइरहेको छ ।

कम्पनीले उपभोक्ताहरूलाई नयाँ र बृहत् सेवाहरू प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इको सिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्