अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग

बुधबार, माघ ११, २०७९

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ ।
     
सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँच जना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए ।

बारले कामु प्रधानन्यायाधीश कार्कीलाई पत्र पठाई यथाशीघ्र रिक्त न्यायाधीशको पद पूर्ति गर्न माग गरेको हो ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २१:४३
प्रतिक्रिया दिनुहोस्