हिउँ पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बुधबार, माघ ११, २०७९

जुम्ला–हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ । पहिरो खुलाउने पहल भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार राजमार्गमा खसेको पहिरो खुलाउने काम भइरहेको छ । हिमपातले राजमार्गसमेत अवरुद्ध हुन थालेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्