राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

बुधबार, माघ ११, २०७९

काठमाडौँ –राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने उनको आग्रह थियो । बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने उनको भनाइ छ ।

त्यस अवसरमा मन्त्री पौडेलले परिष्कृत गरिएको मोबाइल बैंकिङ्गकलाई आरबीबी डिजिटल संसार एप्स्को शुभारम्भ पनि गरे । त्यस अवसरमा पूर्वकर्मचारी, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्त र उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

२०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैंया रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ । १० माघ २०२२ सालमा बैंक स्थापना भएको हो।

वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४३० जना रक्तदाताहरूले रक्तदान गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्