नेभिगेशन
समाचार

एक सातापछि मन्त्री खानले गरे पदभार ग्रहण

काठमाडौँ–खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन् ।

मन्त्री खानले बुधबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन । 

पदभार ग्रहण गर्दै मन्त्री खानले सबैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए ।

स्वच्छ खानेपानीको अभावले लाखौँ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परीक्षण गर्ने कामको सुरुवात गरिने मन्त्री खानले बताए । खानेपानी सम्बन्धी समस्याहरू समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ । 

पुस ११ गते जनमत पार्टीबाट विनाविभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए ।

तर पूर्वसहमति अनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उनले खानेपानीमन्त्रीका रूपमा पदभार गर्न मानेका थिएनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार