नेभिगेशन
समाचार

बाग्मतीमा ११ मन्त्रीको नाम टुंगियाे

हेटौँडा- बाग्मती प्रदेश सरकारमा मन्त्री बन्नेहरूको नाम टुगिङ्एको छ ।

प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमतिअनुसार ३ वटै दलले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्दै छन् ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।

उनले यसअघि विना विभागीय मन्त्रीको रूपमा सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूको सपथ बुधबार दिउँसो हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार