नेभिगेशन
अर्थतन्त्र विविध

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ –सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा करोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।
यसअघि, गत वर्ष फागुन २५ गते छापावाल सुन प्रतितोला १ लाख पाँच हजार ५०० रुपैयाँमा करोबार भएको थियो । त्यसको १ वर्षपछि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध