नेभिगेशन
विज्ञान प्रविधि

आइएमई लाइफले दियो मृत्यु दावी भुक्तानी

गुल्मी – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मीले मृत्यु दाबी भुक्तानी गरेको छ। डेङ्गिको कारण गत भदौमा ज्यान गुमाएकी गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीको मृत्युुदाबी रकम भुक्तान गरेको हो। 


पन्थीले छोरी सुप्रियाको ०७८ चैत्र महिनामा एक लाख बीमाङ्कको बाल उज्जवल जीवन बीमा गराइदिएकी थिइन्। मंगलबार मृतक पन्थीको घरमा पुगेर आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एरिया प्रमुख खुमलाल अर्याल, एजेन्सी म्यानेजर विस्णु कुमारी खत्रीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेका थिए। 


पछिल्लो समय बिमाको महत्त्व दिनानुदिन बढ्दै गएको र यसले अप्ठ्यारो परिस्थितिमा समेत सहयोग पुग्ने हुँदा जीवन बिमा निकै महत्त्वपूर्ण रहेकोआइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एरिया प्रमुख खुमलाल अर्यालले बताए। मृतक पन्थीकि छोरी सुप्रीया पन्थीले पढाइ खर्च स्वरुप एक हजारका दरले रकम प्राप्त हुने र बाकी किस्ता रकम छुट पाउने गरि बिमा समाप्तिमा बिमाङ्ग एक लाख र बोनस रकम समेत प्राप्त गर्ने एरिया प्रमुख अर्यालले जानकारी दिए। 


मृत्यु दाबी भुक्तानी कार्यक्रममा अमर अर्वाथोक स्वास्थ चौकि प्रमुख मदन श्रेष्ठ, वडा सचीव माया टण्डन, कर्मचारी नवीन पाण्डे, शिक्षक, बुद्विजिवी, समाजसेबी लगायतको उपस्तिथि रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्