आज पूर्णिमा व्रत, भोलि योमरी पुन्हि

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । भगवान शिव र विष्णुको पूजा अर्चना गरि मनाइने  पूर्णिमा व्रत आज परेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्ने बताइएको छ । 


नेवार समूदायमा मनाइने विशेष पर्व योमरी पुन्हि भने भोलि परेको छ ।  पूर्णिमा व्रतको दिन पर्ने यो पर्व तिथिले एकै दिन परेपनि पूर्णिमा व्रत आज र भोलि नेवार समूदायमा योमरी पुन्हि मनाउने गर्दछ । 


सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ। भने आज (बुधबार)को दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।  


पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ । यसैबीच, मंसिर शुक्ल पूर्णिमा भोलि बिहीबार परेको छ । यसदिन उधौली उधौली पर्व, धान्यपूर्णिमा परेको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्