बहराइनका अर्थमन्त्रीले भेटे नेपाली राजदूतलाई

बुधबार, मंसिर १४, २०७९


काठमाडौँ— बहराइनका अर्थमन्त्री शेख सलमान बिन खालिफा अल खालिफाले बहराइनका लागि नेपाली राजदूत तिर्थराज वाग्लेसँग भेटवार्ता गरेका छन् । 

उनीहरुको भेटवार्तामा, दुई देशबीचका दुईपक्षीय हित र आपसी समझदारीको विषयमा छलफल भएको थियो । 

राजदूत वाग्लेले दुई देशको आपसी हितको लागि आर्थिक पक्षबाट छलफल गरेका थिए । 

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्