ओखलढुङ्गा ‘ख’ मा माओवादी विजयी

बुधबार, मंसिर ७, २०७९

ओखलढुङ्गा— ओखलढुङ्गा प्रदेश सभा क्षेत्र ‘ख’ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभाको उम्मेदवार बाबुराम गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गर्दै विजयी भएका हुन् । 

गौतमले १५ हजार सात ३८ मत प्राप्त गर्दा  नेकपा एमालेका उम्मेदवार खड्काले १४ हजार छ ४२ मत प्राप्त गर्नुभएको छ । ओखलढुङ्गा तर्फ दुवै क्षेत्रको मत गणना सकिएको छ । प्रदेश क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार विजयी भएका छन् । प्रतिनिधि सभा तर्फको मतगणना भइरहेको छ । प्रतिनिधि सभा तर्फ पनि नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा नेकपा एमालेका यज्ञराज सुनुवार भन्दा तीन हजार सात सयले अगाडी छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्