मधेस प्रदेशका मुख्यमन्त्री राउत विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।  मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ (२) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार