झापा–२ को मतगणनास्थलमा सुरक्षाको अवस्था गम्भीर, मारकाट गर्ने धम्की

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– झापा–२ मा मत गणनास्थलमा शुरक्षाको गम्भीर अवस्था सिर्जना भएको छ । स्वतन्त्रबाट उम्मेदवार रहेका स्वागत नेपालको मत बढ्दै जाने देखिएपछि हिजो मध्यरातदेखि ३ घण्टा अकारण बिना सूचना मतगणना स्थगित गरिएको छ । 

 

आज विहानैको राति गणनास्थल र हाम्रा साथीहरू टेन्ट टाँगेर सुतेको ठाउँमा पुगी मत बढ्दै जाँदा गणनास्थल छोडेर नहिँडे मारकाट गर्ने धम्की देवराज घिमिरे का मान्छेहरुले उनकै अगाडि दिएका छन्।

 

प्रहरी प्रशासन र निर्वाचन अधिकारीहरुलाई जानकारी र उजुरी गरिसकिएको छ। कृपया सबै साथीहरूलाई गणनास्थलमा उपस्थित भइदिन विशेष अनुरोध छ।’ स्वागत नेपालले अपिल गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार