ललितपुर-२ मा एमालेको सुरुवाती अग्रता

शुक्रबार, मंसिर ९, २०७९

ललितपुर - ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार