नापोलीको ११ औँ जीत

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - नापोलीले लिगमा लगातार ११ औँ खेलमा जीत हासिल रहेको छ। इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको उनले शनिबार भएको खेलमा उडिनेजेमाथि ३-२ को रोमाञ्चक जीत हासिल गरेको हो।

पहिलो हाफमा भिक्टोर ओसिमहेन र पिओटर जेलिन्स्कीले गोल गर्दै नापोली २ गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफमा इल्जीफ एल्मासले टोलीलाई ३-० को अग्रता दिलाए। तर, खेलको अन्त्यतिर इलिजा नेस्टोरोभस्की र लाजार सामारडजीकले उडिनेजेका लागि गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। त्यसपछि कुनै गोल हुन नसकेपछि नापोली खेलमा विजयी बन्यो।

जीतसँगै नापोलीले दोस्रो स्थानमा रहेको लाजियोसँगको दुरी ११ अंकको बनाउन सफल भएको छ। सिरिए एको इतिहासमा युभेन्टसपछि सुरुवाती १५ मध्ये १३ खेल जित्ने नापोली मात्र दोस्रो टोली हो। नापोलीले सन् १९८६-८७ र १९८९-९० मा दुई पटक लिग उपाधि जितको छ । त्यतिबेला डिएगो म्याराडोना क्लबमा रहेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार