एमाले पार्टी ओलीका कारण धुजाधुजा भइसकेको छ– चक्रपाणी खनाल

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणि खनाल (बलदेव) ले एमाले पार्टी आफैँमा नराम्रो नभइ केपी ओलीका कारण धुजा धुजा भइसकेको बताएका छन् । उनले चुनावपछि एमालेले ५ वर्षको लागि गृहकार्य(होमवर्क) का लागि बिश्राम पाउने बताएका छन् । चुनाव प्रचारप्रसारको क्रममा कपिलवस्तुमा उनले भने,‘‘अब ५ वर्षको लागि एमालेले राम्रै होमवर्क पाउने छ, एमाले पार्टी आफैमा नराम्रो होइन, केपी ओलीका कारण धुजाधुजा भइसकेको छ, अहिलेको चुनावले पनि त्यो कुरा देखाउने छ, हामीले नभई जनताले नै ओली नेतृत्वको एमालेलाई ५ वर्ष विश्राम गर्न अवसर दिनेछन् ।’ बलदेव सत्तारुढ पाँच दलीय गठबन्धनबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा साझा उम्मेदवार हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्