‘नो नट अगेन’ माथि प्रतिवन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– पछिल्लो पटक सामाजिक सञ्जालमार्फत ‘नो नट अगेन’ लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । खासगरी निर्वाचन आयोगले उक्त पेजलाई प्रतिवन्ध लगाउनुपर्ने निर्णय गरेपछि त्यसका विरुद्ध अदालतमा रिट दर्ता भएको हो । वरिष्ठअधिवक्ता अनिल आचार्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै निर्वाचन आयोगको निर्णय खारेजीको माग गरेका हुन् । अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै ुनो भोटुको व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा ुनो नट अगेनुका पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गरेका हुन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्