उम्मेदवारी खारेजी गर्ने निर्णयविरुद्ध डा. तोसिमा कार्कीको रिट दर्ता

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । राष्ट्रिय स्वतत्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी उनको उम्मेदवारी खारेज गर्ने निर्णय निर्वाचन आयोगले गरेपछि उनले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्। लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च गएकी थिइन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा. तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलार्य निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताइन् । मंगलबार एक न्यायाधीशको इजलासमा उनको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उनको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्