एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको हो । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन् । यद्यपि घोषणापत्र कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहँदै आएको भन्दै जनतामाझ आलोचना हुने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्