चुनावपछि गठबन्धन कायम नरहन पनि सक्छः बेदुराम भूसाल

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले चुनावपछि सत्तारुढ गठबन्धन कायमै रहन्छ कि रहँदैन भनेर अहिले नै भन्न नसकिने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले भने, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौँ । यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ । हामीले यो घोषणा पत्रमै के भनेका छौँ भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिबद्धताहरुलाई कार्यान्वयनमा उतार्छौँ । गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिबद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाई थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्