नेभिगेशन
जीवनयापन

ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

ढल्केवर– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आएका छन् । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए । जनकपुर एयरपोर्टबाट तिरुहुतीया गाछी सभास्थल जाने बेलामा क्याम्पस चोक अगाडि नागरिकता विहिन युवाहरुले कालो झण्डा देखाउने तथा सवारी अवरुद्ध गर्ने प्रयास गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी साधन अवरुद्ध गर्ने र कालो झण्डा देखाउन प्रयास गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्