नेभिगेशन
समाचार

आफ्नो नेतृत्वमा बनाएको दललाई टिकाउन नसक्नेहरुले काम गर्न सक्दैन्: प्रकाशमान सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंको बानेश्वरमा कुमाले धारा मर्मत सम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने समेत बताए । उनले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उनले बताए । नेता सिंहले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिँदै त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्ने बताए । . नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउन कांग्रेसले गठबन्धन बनाएर काम गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश मा राजनीतिक स्थायीत्व कायम गरि सम्पन्नता को अभियान मा लैजाने समेत धारणा राखे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार