नेभिगेशन
समाचार

एमालेद्वारा घोषणापत्रका लागि शुभेच्छुकसँग सुझाव आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा–पत्रमा समावेशका लागि पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषय वस्तुका सन्दर्भमा समग्र पार्टी पङ्क्तिलाई यही भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टी सम्बद्ध जनसङ्गठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसङ्गठनहरूले आ–आफ्नो सुझाव समेत दिइसकेका छन् । एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जन साधारणहरूसँग पनि सुझावको आह्वान गरेको हो । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिनुहुन आह्वान गरिएको छ । सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले partyhq@cpnuml.org मा आफ्ना सुझाव पठाउन सक्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार