नेभिगेशन
जीवनयापन

नेपालले दुई सय १९ रनको लक्ष्य पायो

काठमाडौँ– केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनको लक्ष्य पाएको छ । नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीनरतीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एकरएक विकेट लिए । नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । नेपाल र केन्याले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यस शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ । केन्यासँग यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले तीन–दुईले जितेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै