नेभिगेशन
जीवनयापन

सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक छलफलको लागि समितिमा

काठमाडौँ–  प्रतिनिधि सभाको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाएको छ । बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले  दफावार छलफलका लागि उक्त विधेयकलाई सम्बन्धित  समितिमा पठाइयोस् भनी प्रस्तुत गरेकाे प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो  ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्