नेभिगेशन
जीवनयापन

भू तथा जलाधार जुम्लाका तत्कालीन कार्यालय प्रमुख श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

जुम्ला– भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरिएको छ । कार्यालय प्रमुख श्रेष्ठसहित सव–इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । कार्यालय अन्तर्गत मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला रावलवाडा तटबन्धन निर्माण योजनामा आर्थिक अनियमितता भएको ठहराउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय प्रमुख श्रेष्ठ, सव–इन्जिनियर दानबहादुर बुढ्थापा, उपभोक्ता समितिका अध्यक्ष सोरु गाउँपालिका–४ निवासी  हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल र सोही वडाका वडाध्यक्ष डबले शाही विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । तटबन्धन निर्माण समितिका अध्यक्ष समेतले तटबन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्यालय प्रमुख श्रेष्ठ र सव–इन्जिनियर दानबहादुर बुढ्थापाले तटबन्धन निर्माण गर्दा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलेर नक्कली बिल भरपाई बनाएर १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाई प्रहरी चौकी सोरुमा गएर जाली बगाएको नक्कली मुचुल्का बनाएको आधारमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । त्यस्तै, तत्कालीन वडाध्यक्ष डबले शाहीले प्रहरी चौकीले नक्कली मुचुल्का बनाउँदा साची बसेकोले उक्त मुद्दा वडाध्यक्ष समेत मुछिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै