नेभिगेशन
जीवनयापन

राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख अनुदान दिने सम्झौता

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौता सानो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन् । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको समझदारी पत्रमा हस्ताक्षर गर्न आज आयोजित समारोहमा मन्त्री बडुले उद्यम र उद्यमीलाई प्रोत्साहन गर्ने समान उद्देश्य भएको संस्थाबीच समझदारी भएको बताए। उनले राष्ट्रिय उत्पादन बढाउने सरकारी नीति अनुरुप युवालाई उद्यमतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्न यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्यम र उद्यमीलाई प्रोत्साहन गर्ने उद्योग मन्त्रालय र केन्द्रबीच भएको सम्झौताले मनोबल बढाउने बताए । उनले उद्यम र उद्यमीको सङ्ख्या बढे यसले मुलुकको अर्थतन्त्रलाई सहयोग पुग्ने बताउँदै साना तथा महत्त्वपूर्ण काममा आविष्कार केन्द्रले काम गरिरहेको बताए । अध्यक्ष पुनले सम्झौता अनुसार सिन्केधुप, कोदो झार्ने, टुथपीन मेसिन उत्पादन गर्ने जानकारी गराए । लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधि अध्ययन, अनुसन्धान र विकासमा सहयोग आदान प्रदान गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने सम्झौता गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै