नेभिगेशन
जीवनयापन

चुट्किला

ढाँट्ने बानीचाहिँ नराम्रो छ शिक्षकः राम तिमी चुरोट पिउँछौ हो ? रामः पिउँदिन । शिक्षकः तास खेल्छौ ? शिक्षकः खेल्दिनँ । शिक्षकः मदिरापान गर्छाै ? रामः गर्दिनँ सर । शिक्षकः तिम्रो त सबै बानी राम्रो रहेछ त । रामः मेरो सबै बानी राम्रो छ तर एउटा चाहिँ बानी नराम्रो छ । शिक्षकः कुनचाहिँ बानी नराम्रो छ तिम्रो ? रामः सर मेरो ढाँट्ने बानी चाहिँ नराम्रो छ । क्रियाको प्रतिक्रिया हुन्छ कक्षा कोठामा सरिताको हातमा आफ्नो हात राख्दै सन्तोषले भन्यो— दुई विपरित ध्रुव परस्पर आकर्षित हुने वैज्ञानिक नियमअनुसार मेरो हात पनि तिम्रो हातप्रति आकर्षित भए । एक चड्कन सन्तोषको गालामा दिँदै सरिताले भनिन्— न्युटनको नियमानुसार प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ भन्ने पनि बुझिराख । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै