नेभिगेशन
जीवनयापन

गुरु नानकदेवका केही अमर वाणीहरु

१. ती शुद्ध हैनन् जो शरीर स्वच्छ राख्छन्, बरु ती शुद्ध हुन् जो ईश्वरलाई हृदयमा बसाउँछन् । २. यस मनुष्य जीवनको चरम लक्ष्य ईश्वरसँग प्रेम गर्नु हो । ३. ब्रह्ममुहूर्तमा प्रभुको नाम जप्नु पर्दछ । उनको कृपाले ध्यान दिनुपर्छ । ईशनाम जप्नु उनको सेवा गर्ने तरिका हो । ४. जो ईश्वरलाई प्रेम गर्दछ, ऊ सबैलाई प्रेम गर्दछ । ईश्वर प्रेमको अर्थ सेवा हो । सक्रिय सेवा बिना ईश्वरसँग प्रेम हुन सक्दैन । हामीले सदाचारको अभ्यास गर्नुपर्दछ । ५. हे किसान ! हृदयलाई, बनाऊ तब तिमीभित्र ईश्र अंकुरित हुनेछ । ६. रत्न, मणि, पद्मराग सबै हृदयमा छन् । यदि कसैले पाउन चाह्यो भने तब गुरुको वाणी सुन— उही ईश्वर सबैलाई दिन्छन् उनैसँग याचना गर । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै