नेभिगेशन
जीवनयापन

अरुको विश्वासपात्र बन्नका लागि तेस्रो व्यक्तिको माध्यमबाट बोलौं

अरुको फाइदाको कुरा गर्दा पनि मानिसहरु हामीलाई शङ्का गर्छन् । यो मानिसहरुको प्राकृतिक स्वभाव हो । तसर्थ, यस्तो शङ्का कम गर्नका लागि हामीले आफ्नो कुरा सुनाउँदा अलि अलग तरिकाबाट सुनाउनुपर्छ । आफ्नो फाइदाको कुरा सिधै नभनेर तेस्रो व्यक्तिमार्फत भन्ने । ग्राहकले पसलेसँग यो राम्रो छ र ? भनेर सोध्दा अचेल यो खुब चलेको छ भनेर जवाफ दिँदा ग्राहकलाई हो कि जस्तो लाग्छ । हामीले आफ्नो घर भाडामा दिन लागेका छौँ । भाडामा बस्न आउने व्यक्तिले महँगो भएन र ? शङ्का व्यक्त गरे । त्यति बेला हामी आफैले फलाना घरमा यति नै भाडा लिन्छन् भनेर भन्नुभन्दा यहाँ पहिले भाडामा बसेको मानिसले सुविधाको हिसाबले अरु ठाउँभन्दा यहाँको घर भाडा महँगो होइन भन्नुहुन्थ्यो भन्दा सुन्नेलाई होकि भन्ने भान पर्न गई शङ्का कम हुन्छ । अरुको उदाहरण, तथ्याङ्कबाट आफ्नो कुराको पुष्टि गर्ने गर्नुपर्छ । साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै