नेभिगेशन
जीवनयापन

जोखिम मोलेरै सफल बनेकी ग्रेटा गारबो

यिनी हुन् विश्वविख्यात अभिनेत्री ग्रेटा गारबो । तर कुनै बेला यिनी यति गरीब थिइन् कि पेट पाल्नकै लागि हजाम कहाँ काम गरिन् । र टोपी पसलमा गतिलो काम पाउना साथ पहिलो काम चटक्क छोडिन् । एकदिन टोपीकै विज्ञापनमा मोडलिङ गर्ने मौका पाइन् । उनको मोडलिङबाट प्रभावित एक फिल्म निर्देशकले उनलाई फिल्म लाइनमा जान सुझाव दिए । उनी दोधारमा परिन् । टोपी पसलको सुरक्षित काम छोडी अनिश्चित फिल्म लाइनमा जानु निकै जोखिमपूर्ण थियो । न नाम, न दामको ग्यारेन्टी हुन्छ सिने जगतमा । अन्ततः उनले जोखिम मोलिन् । यसको परिणामस्वरुप विख्यात हिरोइनको रुपमा एक धनाढ्य महिला बन्न सफल भइन् । साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै