नेभिगेशन
जीवनयापन

राष्ट्रियसभाको शुक्रबारको बैठकमा पारित होला त नागरिकता विधेयक ?

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी गराएका हुन् । बैठकमा नागरिकता सम्बन्धी विधेयकमाथि छलफल जारी रहे पनि राति ८ बजिसक्दा पनि सांसदले बोल्ने क्रम नसकिएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले उक्त विधेयकमा राष्ट्रपतिले दिएको सन्देशमाथि छलफल गर्नका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा २ दिन लगाएर छलफल गरे पनि उक्त विधेयक वुधबार जस्ताको त्यस्तै बहुमतले पारित भएको थियो । समितिबाट पारित भएको विधेयक बिहीबार राष्ट्रिय सभामा छलफलका लागि पेश भएको हो । बिहीबार नै विधेयक पारित गर्ने गरी राष्ट्रिय सभामा पेस भए पनि छलफल नसकिएका कारण शुक्रबारसम्मका लागि सरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै