नेभिगेशन
जीवनयापन

रुइतलाई पद्मश्री गाैरव, ज्ञवालीलाई पद्मश्री साहित्य र ठकुरीलाई पद्मश्री साधना सम्मान

काठमाडौँ– २०७८ सालको पद्ममश्री गौरव पुरस्कार डा सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । डा रुइतलाई दुर्गम क्षेत्रमा गएर आँखाको मोतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरेर धरैलाई ज्योति प्रदान गरेको योगदानको कदर गर्दै पुरस्कार दिइने भएको हो । यस्तै पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ । ज्ञवालीको ुअर्को भोरु कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो । यस्तै पद्यश्री साधना सम्मानबाट कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ । ठकुरीलाई आधुनिक कथाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत पुरस्कार प्रदान गर्न लागिएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । तीन वटै पुरस्कारको राशी तीन लाख रुपैयाँ रहेको छ । आउँदो दशैँको कोजाग्रत पूर्णिमाको दिन एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै