नेभिगेशन
जीवनयापन

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

काठमाडौँ– जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्तगीमा परेका छन् । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार तेस्रोपटक सचेत गराउँदा स्वतः बर्खास्त हुने व्यवस्थाअनुसार उनी बर्खास्तगीमा परेका हुन् । अधिकारीलाई यसअघि परिषद्ले दुईपटक सचेत गराइसकेको थियो । बुधवारको बैठकले उनलाई तेस्रोपटक सचेत गराउने निर्णय गरेको छ । बाँके जिल्ला अदालतमा कार्यरत रहेका उनीविरुद्ध उजुरी परेपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारीबाट हटाएर सर्वोच्च अदालतमा काजमा तानेका थिए । कार्यक्षमता अभाव र खराब आचरण देखिएको भन्दै न्याय परिषद्ले बुधवार उनलाई बर्खास्तगीका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्