नेभिगेशन
जीवनयापन

अर्थ समिति बैठकमा पनि गणपुरक सङ्ख्या पुगेन, २६ सदस्यीय समितिमा जम्मा ४ जना उपस्थिति

  काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा गणपुरक सङ्ख्या नपुगेको भन्दै समितिले कुनै निर्णय भने गर्न सकेन । सभापतिसहित २६ सदस्यीय समितिको आजको बैठकमा समिति सदस्यहरु तुल्सी थापा, प्रमीला राई, जयकुमार राई र सभापति कृष्ण प्रसाद दाहाल मात्र उपस्थित थिए । यस्तै, बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय अपराध नियन्त्रण गर्न यससँग सम्बन्धित कानुनहरु समय अनुकूल संशोधन र परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले वित्तीय अपराध नियन्त्रणले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने भएकाले यसलाई महत्त्व दिन आग्रह गरे । उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा बुझाइको कमी देखिएकाले साझा बुझाइ बनाउँदै समयसापेक्ष ऐन नियम निर्माणमा ध्यान पुर्‍याउनुपर्ने बताए । प्रधानमन्त्री कार्यालयका कानुन सचिव धनराज ज्ञवालीले जटिल वित्तीय अपराध मात्र विभागले हेर्ने गरेकाले सम्पत्ति शुद्धीकरणको कसुर सम्बद्ध कसुरसँगै हेरिनुपर्ने बताए । उहाँले वित्तीय अपराध नियन्त्रणमा कडाइ गर्न सके मुलुकको अर्थतन्त्र, सुशासन र भ्रष्टाचार नियन्त्रणमा समेत सघाउन पुग्ने बताए । गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ऐनमा संशोधन गरी यसको प्रभावकारिता बढाउनुपर्ने बताए । उनले सहकारी क्षेत्रमा पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम देखिँदै गएको औँल्याए । समिति सभापति कृष्ण प्रसाद दाहालले सम्पत्ति शुद्धीकरणको विषयलाई प्रभावकारी बनाउन राजनीतिक इच्छाशक्ति देखिनुपर्ने बताए। उनले आन्तरिक अर्थतन्त्रको सुधार गर्न सरकारले कसरी अघि बढ्छ भन्ने पक्ष महत्त्वपूर्ण हुने बताए । गणपुरक सङ्ख्या नपुगेको भन्दै समितिले कुनै निर्णय भने गर्न सकेन । सभापतिसहित २६ सदस्यीय समितिको आजको बैठकमा समिति सदस्यहरु तुल्सी थापा, प्रमीला राई, जयकुमार राई र सभापति कृष्ण प्रसाद दाहाल मात्र उपस्थित थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै