नेभिगेशन
जीवनयापन

चन्द्रमालाई अर्ग दिई चौरचन पर्व समापन

सुनसरी– चन्द्रमाको आराधना दर्शन गरेर अर्ग दिई चौरचन पर्व समापन भएको छ । चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने पर्वको घर मूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर अर्ग दिई समापन भएको हो चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा, पिरुकीया र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वमा घर मूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिन पूर्व नै व्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्त्विक भोजन गर्ने परम्परा छ । भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन र चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घर मूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर व्रत समापन गर्ने परम्परा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै