नेभिगेशन
जीवनयापन

फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मङ्गलवार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । बङ्गलादेश विरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ४० खेलाडी डाकिएको थियो । टिमबाट बाहिरिनेमा डिफेन्डर देवेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ रहेका छन् । त्यस्तै मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ, सुवास गुरुङ तथा फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईँ बाहिरिएका छन् । नेपालले आगामी असोज दोस्रो साता बङ्गलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रङ्गशालामा हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै