नेभिगेशन
जीवनयापन

दरमा यी खानेकुरा खानुअघि सावधान, हुनसक्छ हानी

भोलि हरितालिका तिज । तिजको अघिल्लो दिन आज अबेर बेलुकी दर खाएर तिजको ब्रत शुरु गरिन्छ । घर गएकी छोरीलाई बोलाएर माइती पक्षले दर खुवाउने परम्परा छ । ब्रत बस्ने हिन्दु महिलाले दर खाने दिन विभिन्न परिकार तथा मिठाई तयार पारेर आज अबेर राति दर खानेछन् । महिलाहरुले दरमा माछामासु बाहेक खीर, ढकने र सेलरोटी तथा मनपर्ने परिकार बनाएर खाने गर्दछन् । अघिल्लो दिन टन्न दर खाएर भोलिपल्ट पानीसमेत नखाई निराहार खाली पेटमा व्रत बस्ने चलन छ । तर यसले शरीरमा नकारात्मक असर पार्ने चिकित्सकहरु बताउँछन् । यस्तोमा दर खाँदा केही कुरामा सावधानी अपनाउनु पर्ने हुन्छ । यी हुन् दर खाँदा ध्यान दिनुपर्ने कुराहरु : – दरमा धेरै पिरो तथा गुलिया पेय पदार्थ खानु हुदैन । – अखाद्य रङ तथा केमिकल मिसाएका मिठाईले फुड प्वाइजन बनाउँछ, त्यसैले स्वच्छ मिठाई छनौट गरेर मात्र खानुपर्छ । – दरमा धेरै नुन हालेको तथा मसालेदार खानेकुरा खानु हुँदैन । यसले प्यास जगाउँछ । – होटल तथा पार्टी प्यालेसमा बनाएको रेडिमेड खानेकुरालाई दरका रुपमा खानु हुदँैन । – सकेसम्म घरमा पकाएको परिकार मात्र दरका रुपमा खानुपर्छ । – चिल्लोयुक्त दर खानु हुँदैन, चिल्लो पर्दाथमा हुने कोलष्ट्रलले शरीरलाई हानी गर्छ । – दरका नाममा नियमितभन्दा अधिक खानु हुँदैन, यसले अपच तथा ‘फुड पोइजन’ हुनसक्छ । – खीर, अचार, मासु तथा दुधको मिश्रणले शरीरलाई नकारात्मक असर पार्न सक्छ । – तिजको ब्रत धार्मिकतासँग जोडेर हेरिने भएकाले व्रत बस्नेले माछामासु नखानु उत्तम हुन्छ । – दरमा मादक पदार्थको सेवन गर्नु हुँदैन । यसले शरीरको चेतनाको स्तर घटाउँछ । – तेलमा तारेको खानेकुरा धेरै खाँदा वाकवाकी लाग्ने तथा पेट दुख्न सक्छ । – शरीरले धान्न नसक्ने खानेकुरा खानु हुँदैन, यसले झाडापखाला लगाउन सक्छ । त्यसो भए दरमा के खाने ? दरमा विशेष यही खानुपर्छ भन्ने छैन । शरीरले उर्जा दिने तथा स्फुर्त राख्ने खानेकुरा खादा हुन्छ । ब्रत बस्ने महिलाले दर खादा स्वस्थ्यवद्र्धक तथा पोषणयुक्त खाना खानुपर्छ । दरमा सकेसम्म नियमित झै सादा खानेकुरा खानु उचित हुन्छ । खानामा हरियो सागसब्जी, फलफूल, सलाद, दूध, दही, मही खाएमा शरीर हल्का तथा स्फुर्त रहन्छ । दरमा ताजा खाद्य सामाग्रीको मात्र प्रयोग गर्नुपर्दछ । धेरै दिन अघिदेखि राखेको खानेकुरा नखानु उत्तम हुन्छ । साथै राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । पोषणका लागि दरमा दूध, दही, मखन, घिउ जस्ता खानेकुरा खानु उत्तम मानिन्छ यसले शरीरलाई लामो समय शक्ति दिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्